sajalsandesh

प्रधानमन्त्रीका सल्लाहकार र प्रचण्डका पूर्व प्रेस संयोजकबीच जुहारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र नेकपा अध्यक्ष प्रचण्डका पूर्व प्रेस संयोजकबीच अहिले सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ ।

उनीहरुबीच एक सातादेखि जुहारी चलिरहेको छ । मंगलबार सामाजिक संजाल फेसबुकमा थापाले लेखे, ‘मेरो स्टाटस हो कि अरुको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हु्न् कि ढेंडु ?

कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरु ? छिःछि ! मान्छे बन्न अझै कति समय लाग्ने हो ?’

यसअघि थापाले सोमबार बिहानै पार्टीको कार्यकारी अध्यक्षको भूमिका निभाइरहेका प्रचण्डमाथि नमिठो प्रहार गरे ।

कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्ड सक्रियता बढाउँदै जाँँदा थापाको कटु टिप्पणी आएपछि यसको बारेमा चर्चा परिचर्चा भएको छ ।

फेसबुकमार्फत थापाले पार्टी एकता नगरेको भए प्रचण्ड एक सानो झुण्डको नेता बनेर बसेको अवस्था हुने भनी प्रहार गरेका छन् । उनको प्रहारलाई प्रचण्डका पूर्व प्रेस संयोजक मनहरि तिमिल्सिनाले मुखभरिको जवाफ दिए ।

थापाले लेखेपछि प्रतिक्रियामा तिमल्सीनाले भनेका थिए, ‘प्रधानमन्त्रीका प्रेस सल्लाहकारले यति घटिया कुरा लेख्न मिल्दैन कि सूर्य कमरेड ।

१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै तपाईले कहिल्यै पार्टी एकताको मर्म स्वीकार्न सक्नु भएन । दया लाग्छ कमरेडको नियत र गतिविधि देख्दा ।’

दुईको स्टाटसमा दिनभर सामाजिक संजालमा बहस भयो । राति फेरि तिमिल्सिनाले लेखे, ‘आफै लेख्नुस् कि अरुले लेखेको अंश उद्धत गरेर शेयर गर्नुस्, पार्टी र सरकारको सम्वेदनशील जिम्मेवारीमा बसेर पार्टी एकताको स्प्रीड, भावना र सहमतिविपरित बोल्ने जो कसैसँग हाम्रो विमति रहन्छ ।

समाजवादी क्रान्तिको तयारीको कार्यदिशा र संविधानकै गला रेट्ने गरी गरिएका निरन्तरका दुष्प्रचार र तिकडमहरु आपत्तिजनक छन् ।

यस्ता गतिविधिले समाजवाद र नेकपाको होइन, पूँजीवाद र दलालहरुको मात्र सेवा गर्दछन् ।’ आरोप प्रत्यारोपको श्रृंखला जारी छ । अभियान टाइम्सका साथमा ।

ismt college
dish home