आम्बारीमा चासोक तङ्नामको अवसर पारेर फुटवल प्रतियोगिता सुरु

२०७६ मंसिर २७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उर्लाबारी – मोरङको उर्लाबारी ९ आम्बारीमा चासोक तङ्नामको अवसर पारेर बुधबारबाट ३ दिवसिय भेट्रान फुटवल प्रतियोगिता सुरु भएको छ । सहिद प्रेम बहादुर पोमो तथा स्वर्गीय भागीरथा पोमो स्मृति फाउण्डेसनद्धारा उहाँहरुकै स्मृति फुटवल प्रतियोगिता सुरु भएको हो । खेलको उद्घाटन प्रदेश सभा सदस्य साँसद कुलबहादुर साम्बाले गर्नुभयो ।

प्रतियोगितामा आयोजक राजघाट भेट्रान बिजयी भएको छ । राजघाट भेट्रानका दीलीप लिम्बूले गरेको १ गोल नै खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच बिर्तामोड भेट्रानका रमेश गुरुङ घोषित हुनुभयो । म्यान अफ द म्याचको अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले गर्नुभएको थियो ।

पोमु परिवारको तर्फबाट बोल्दै बिनोद पोमु र टिकेन्द्र पोमुले खेलको औचित्य र सहिद प्रेम बहादुर पोमोको विगत र ईतिहासको चर्चाको गर्नुभयो ।

आजको खेल दमक भेट्रान र धरमपुर भेट्रान बिच हुनेछ ।

फाईनल खेल २८ गते हुनेछ । खेलको बिजेताले नगद प्रमाणपत्र प्राप्त गर्ने संस्थाका संयोजक विश्वास पोमोले जानकारी दिनुभयो । खेल सन्चालन गर्नका लागि मानबहादुर थापाको अध्यक्षमा खेलकुद समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा आईतहाङ तुम्बाहाम्फे,सचिवमा दीपक पोमु र कोषाध्यक्षमा कैलाश थापा मगर रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार