ज्वालामुखीमा घाइते भएकाहरुको उपचारका लागि न्यूजिल्याण्डद्वारा १ हजार २ सय ९२ वर्ग मिटर छाला माग

२०७६ मंसिर २७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा घाइते भएकाहरुको उपचारका लागि सरकारले १ हजार २ सय ९२ वर्ग मिटर मानव छाला अर्डर गरेको छ ।

सोमबार बिस्फोट भएको ज्वालामुखीमा बुधबारसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ जबकी २७ जना गम्भीर रुपमा जलेका छन् । उनीहरु सबै आइसियूमा भर्ना छन् । अन्य साधारण घाइते भएका छन् । दुर्घटना हुँदा आइल्याण्डमा ४७ पर्यटक थिए ।

उपचारमा संलग्न डाक्टरका अनुसार पीडितको उपचारका लागि छाला अत्यावश्यक छ । धेरैजसो मानिसहरु ग्यास र आगोका कारण घाइते भएका छन् । २७ बिरामीको शरीर ३० प्रतिशतभन्दा बढी जलेको छ ।

जिल्ला हेल्थ बोर्डका अधिकारी पिटर वाटसनले आफूहरुले उपचार गरिरहेको तर १ हजार २ सय ९२ वर्ग फिट छालाको आवश्यकता पर्ने बताएका छन् । उक्त छाला अमेरिकाबाट मगाइएको बताइएको छ । यसका लागि अर्डर दिइसकिएको र अष्ट्रेलियाको टिश्यू र स्किन बैंकलाई पनि अर्डर दिएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार