sajalsandesh

भिआईपीकै संलग्नतामा सार्वजनिक जग्गा अ,तिक्रमण

काठमाडौं – उपत्यकामा सार्वजनिक जग्गा अ ति क्र म णमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिधि र उच्चपदस्थले नै सार्वजनिक जग्गा अ ति क्र मण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ ।

प्रशासनले काठमाडांैमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उजुरीसँगै काठमाडौं प्रशासनले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालयले अतिक्रमणमा संलग्नको नामावली नै सार्वजनिक गरी अतिक्रमण हटाउने तयारी थालेको हो । काठमाडौं प्रशासनले अ ति क्र म णलाई गम्भीरतापूर्वक लिएर स्थायी संयन्त्रमार्फत अ ति क्र म ण हटाइने तयारी थालिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले महानगरपालिका तथा नगरपालिकासँगको समन्वयमा संयन्त्र तयार पारी अतिक्रमण हटाउने कार्यको थालनी गर्ने बताए ।उनले काठमाडौंलाई अ ति क्र म ण मुक्त बनाउने योजनाअनुसार नगरपालिकासँग समन्वय बैठक तय भएको जानकारी दिए । प्रशासन कार्यालयमा पछिल्ला दिनमा मात्रै झन्डै ४ दर्जन अ ति क्र म णका उजुरी परेको छ ।

जनप्रतिनिधि र पहुँचवालाबाट समेत अ ति क्र मण भएकाले हटाउन चुनौतीपूर्ण हुने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

ismt college
dish home