sajalsandesh

आलिया एशियाकै से,क्सी नायिका

काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा से क्सी महिलाको रुपमा छनोट भएकी छन्।

सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी कलाकार दीपिका पादुकोणले यो पटक दोस्रो स्थान हासिल गरेकी खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

दोस्रो भए पनि दीपिकाले दशककी सबैभन्दा से क्सी महिलाको ताज भने आफ्नो पोल्टामा पारेकी छन्।

बुधबार लन्डनको इन्टर्न आई साप्ताहिकले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्रीले शीर्ष स्थान हासिल गरे।

आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एयिाकै सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छन्।

एसियाको सबैभन्दा से क्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो र महिरा खान चौथो स्थानमा छन्।

ismt college
dish home