सुटुक्क भारतीय दुताबास छिर्ने सशस्त्रका डिआइजी कारबाहीमा

२०७६ मंसिर २६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – कूटनीतिक आचारसंहिताविपरित गोप्य रुपमा भारतीय दूताबास गएका डिआइजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको छ।

अनुमति नलिई ६ मंसिरमा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित दूताबास पुगेका थिए।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनी दूतबास गएको समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी बलले स्पष्टीकरण सोधेको थियो।

डिआइजी श्रेष्ठले तालिम सम्बन्धी विषयमा छलफल गर्न दूताबास गएको बताएका थिए। तर उनले अनुमति लिएका थिएनन्।

पदीय अनुशासनविपरितको काम गरेको भन्दै उनलाई सशस्त्र प्रहरी मुख्यालयले विभागीय कारबाहीस्वरुप सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार