डिएसपीको सरुवापछि खुसीयाली मनाउँदै अवैध तस्करहरु

२०७६ मंसिर २६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लहान – इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले त स्क रहरू खुसियाली मनाउन थालेका छन् । डिएसपी रिजाल आएपछि सात महिनादेखि सीमाक्षेत्रमा हुने तस्करी तथा अ वै ध कारोबार बन्द भएको छ ।

तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउ लगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको छ । उता, भारतबाट भन्सार छली गरी नेपाल ल्याउने मालसमान रोकिएपछि तस्करहरूको एक समूहले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई सरुवा गर्ने प्रयास असफल भएको छ ।

सिरहाको मुख्य तस्करी हुने लहानदेखि ठाडी भन्सार, कचनारी, झाझपट्टी लगायतको ठाउँमा समेत कडाई रहँदा डिएसपी रिजाललाई लहानका केही उच्च व्यापारीले रिझाउन पुगेका थिए । डिएसपी रिजाल व्यापारीहरूको कुरामा सहमत नभई झन् कडा गरेका थिए ।

सीमाक्षेत्रको कारोबार तथा अ वै ध माल समान आयात निर्यात गर्न जिल्ला उद्योग वाणिज्य संघले लहानको गोधुली होटल, बाटिका टुरिजम, उद्योग वाणिज्य संघ लहानमा पटकपटक छलफल कार्यक्रम गरे । त्यस छलफलमा नेपाली कांग्रेसका सांसद, सीमाक्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यापारीले एउटै आवाज उठाएका थिए । सीमाक्षेत्रको कारोबार खुला गर्नुपर्छ । यस कारोबारको लागि एसपी चतुर्वेदी र डिएसपी रिजाल नै बाधक रहेको ठहर गरेका थिए ।

छलफलपछि एक टोली सत्तापक्षका नेताहरूलाई रिझाएर संघीय सरकारलाई यिनीहरूलाई सरुवा गर्न गराउन आग्रह गरेका थिए । एसपी चतुर्वेदीको सरुवाको हल्ला चले पनि इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको काज सरुवा भएको छ । उता, डिएसपी रिजालसँग सम्पर्क गर्दा ‘किन सरुवा भयो मलाई थाहा छैन’ बताए । यता, केही नेताहरू, मेयर, वडाध्यक्षहरू र अ वै ध कारोबार गर्ने कारोबारी भने खुसी भएका छन् । आलोक यादव ले सौर्य दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार