सिरानीमा मोबाइल राखेर सुत्ने बानी छ ? सावधान निम्त्याउला यस्ता समस्या

२०७६ आश्विन ९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – आज प्रविधिको युग । सबैको हात हातमा मोबाइल छ । हात हातमा मोबाइल नहुने मान्छे त बिरलै पाइछ आजकाल । मोबाइल फोन मानिसको जीवनको महत्वपूर्ण साथी नै बनिसकेको छ । हिजोआज मानिसको सबैभन्दा नजिक साथी नै मोबाइल बनेको छ ।

पूजाआजा होस् या शौचलय जाँदा नै किन नहोस्, घरभित्र होस् या घर बाहिर नै किन नहोस्, सुत्दा होस् या उठ्दा नै किन नहोस् जहाँ जाँदा पनि मोबाइलको प्रयोग गर्नेहरु भेटिन्छन् ।

मोबाइल प्रयोगको गर्नुका फाइदासंगै बेफाइदा पनि छ । मोबाइलको अत्यधिक प्रयोगले विभिन्न समस्या उत्पन्न हुने गर्छ । यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्‍याउन सक्छ । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ ।

राती सुत्दा मोबाइल साथमा या सिरानीमा राखेर सुत्ने अधिकांस मानिसको बानी नै हुन्छ । तर मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने चिकित्सकहरु बताउँछन् ।

अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन् ।

चीनमा अनुसन्धानमा जुटेका चिकित्सक तथा अनुसन्धानकर्ताहरुले मोवाइलको ब्याट्रीबाट सय भन्दा बढी विषालु ग्याँस निस्कने बताएका छन् । लिथियम–आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड लगायतका अन्य निस्कने ग्याँसले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगि समेत बनाउन सक्ने बताइएको छ ।

उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।

इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’

प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँसको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।

तपाइले गर्ने यस्ता सानो गल्तीले पनि स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्छन् । त्यसैले तपाइले सुत्नेबेला मोबाइल आफ्नो साथबाट टाढा राख्नु नै उचित हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार