यि दुई डिएसपीका कारण देशको अन्तर्राष्ट्रिय बेइज्जत

२०७६ मंसिर २५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद(साग) भव्यताका साथ काठमाडौंमा सम्पन्न भयो । उद्घाटनदेखि समापनसम्मको कार्यक्रम उत्कृष्ट भयो । नेपालले अपेक्षा गरेभन्दा धेरै स्वर्ण पदक जित्यो । ५० स्वर्णपदकको लक्ष्य राखिएकोमा ५१ स्वर्ण जित्यो ।
तर, समापनको दिन प्रहरीको हर्कतका कारण सागमा दाग लाग्यो । दुई डिएसपी उग्र व्यवहारका कारण प्रहरीदेखि राष्ट्रिय खेलकुद परिषद्ले चर्काे आलोचना बेहोर्नुप¥यो ।

मंगलबार फुटबल अन्र्तगत नेपाल र भुटानबीच फाइनल खेल थियो । फुटबलको टिकट सोमबार नै बिक्रि भइसकेको थियो । तर, कतिपय सर्वसाधरणलाई थाहा थिएन । उनीहरु टिकट काट्न रंगशाला पुगेका थिए । तर, टिकट थिएन । त्यसपछि सामान्य विवाद भयो । लगत्तै प्रहरीले लाठी चार्ज थालेको थियो । जबकी त्यहाँ सानो समूह मात्र थियो । बल प्रयोग गर्नुपर्ने अवस्था थिएन । उनीहरुले कुनै उच्छृङखल गतिविधि पनि गरेका थिएनन् ।

एक्कासी प्रहरी आक्रोशित भएर सर्वसाधरणमाथि लाठीचार्ज सुरु गरे । लात्तीले समेत उनीहरुले निर्मम तकिारले कुटे । जून फोटो खिच्ने क्रममा नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि समेत सोह्रखुट्टे वृत्तका डिएसपी सन्तोषसिंह राठौरले कुटेर घाइते भएका थियो । प्रहरी दुव्र्यवहारको फोटो र भिडियो मंगलबार दिनभरी सामाजिक सञ्जालमा भाइरल भयो । प्रहरीको चर्काे आलोचना भयो ।

त्यो घटनामा देशमा मात्र नभई विदेशमा समेत नेपालको बेइज्जत भयो । किनकी रिपोर्टिङका क्रममा रंगशालामा पत्रकारहरुले प्रहरीविरुद्ध नारा लेखिएको ब्यानर देखाएर विरोध गरेका थिए। जून अन्तराष्ट्रिय मिडियामा समेत पुग्यो ।

घटनापछि महानगरीय प्रहरी कार्यालयका डिआईजी शैलेस थापा क्षत्रीले दोषी प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसरी बल प्रयोग गर्ने डिएसपीमा राठौर र कालिकाटी वृत्तका रुगम कुँवर हुन् । तर, उनीमाथि अझै छानबिन सुरु भएको छैन । यस्तै अराजक शैलीका प्रहरीका कारण सिंगो प्रहरीको बदनाम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार