नेता हुनु त मिनेन्द्र रिजाल जस्तो, घरमै पुगेर मुटुरोगीको उद्दार

२०७६ मंसिर २५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रंगेली – मोरङ क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको पहलमा लामो समय देखि विरामी रहदै आएका एक युवकको उद्दार गरी उपचार थालिएको छ ।
आर्थीक अवस्था कमजोर रहेका मोरङ रंगेली नगरपालिका वार्ड नं.२ दौलतपुर बस्ने ३६ वर्षिय श्याम कुमार ऋषिदेव ८ महिना देखि मुटुको समस्या बाट पिडीत भई उपचार गराउन नसक्दा ओछ्यान परेका थिए । उनको गम्भीर अवस्था देखेपछी प्रतिनिधिसभा सदस्य डा.रिजालको पहलमा नोवेल मेडिकल कलेज विराटनगरका प्रमुख शुनिल शर्माले पिडीत ऋषिदेवलाई घरमै एम्बुलेन्स लगेर उद्दार गरी उपचारको जिम्मा लिएका छन् ।

जनमजदुरी गरी जिविका चलाउदै आएका ऋषिदेवको २ वर्ष देखि नियमित छाती दुख्ने र खोकी लग्ने गरेता पनि स्वास्थ्यको ख्याल नगरी आफनो पत्नी सहित २ छोरी र १ छोराको लालनपालन गर्दै आएका थिए । तर छ महिना यता देखि अत्याधिक रुपमा छाती दुखे संगै धड्कन बढ्न थालेपछी गाऊ घरमै साधारण औषधी उपचार गर्दै आएता पनि निको नभएपछी विराटनगर स्थित कोशी अञ्चल अस्पताल उपचार गराउदा मुटुमा समस्या रहेको थाहापाएका थिए ।

आर्थीक अभावका कारण रोग बोकेर ओछ्यान परेपछी प्रतिनिधिसभा सदस्य डा.रिजालले नोवेल मेडिकल कलेजका प्रमुख शर्मा संग समन्वय गरेर मंगलबार ऋषिदेवलाई घरमै एम्बुलेन्स लगेर उद्दार गरेका थिए । सो क्रममा प्रतिनिधिसभा सदस्य डा.रिजालले ऋषिदेवको उपचारको सम्पुर्ण जिम्मा नोबेल मेडिकल कलेजका प्रमुख शर्माले लिनुभएकाले पिडीतको उपचार सम्भव भएको बताउनुभयो ।
यता नोबेल मेडिकल कलेजका प्रमुख शर्माले ऋषिदेवको ओपन हार्ट सर्जरी गर्नुपर्ने अवस्था देखिएको बताउदै सम्पुर्ण स्वास्थ्य परिक्षण गरी विरामीलाई निशुल्क स्वास्थ्य उपचार गरिदिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार