करणी प्रयासको आरोपमा वडाध्यक्ष समातिए

२०७६ मंसिर २५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सप्तरी – सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाइ नियन्त्रणमा लिएकाे छ ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उहाँलाई समातिएकाे प्रहरी नायव उपरिक्षक भारतीले बताउनुभयो ।

साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार