चितवनको एक घरमा महिनामै १० लाखको विद्युत खपत ! सबै अचम्मित

२०७६ मंसिर २४, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन – चितवनको एक सामान्य घरमा पत्याउनै नसकिने अस्वभाविक विद्युत् महसुल उठेको छ । भरतपुर महानगरपालिका १३ श्रृजना चोककी मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १० लाख रुपैयाँ उठेको हो ।

यही मंसिर १७ गत्ते विद्युत प्राधिकरण भरतपुर वितरण शाखाका कर्मचारीले मिटर रिड गर्दा एक महिनाकै १० लाख रुपैँया विल देखिएको छ । घरधनी मेनुकाका अनुसार मिटरमा गएको एक महिनामै ९१ हजार २ सय ५१ युनिट विद्युत् खपत भएको देखिएको हो ।

उनको घरमा धेरै विद्युत खपत गर्ने विद्युतीय सामाग्रीहरु पनि छैन । ३ वटा पंखा, एउटा फ्रिज, एउटा राइस कुकर, १७ वटा सिएफएल बत्ति र एउटा कुखुरा फर्म छ । मेनुकाका अनुसार यति नै विद्युत् सामाग्री प्रयोग गर्दा यसअघि ६९ युनिट मात्रै उठेको थियो ।

मेनुकाले भनिन ‘अहिले जाडो मौसममा पंखा चलाउनु पर्दैन, कपडामा लगाउने आइरन पनि चलाएका छैनौ, कुखुराको फममा बत्ति मात्रै बाल्ने हो, कसरी यस्तो भयो हामी अच्चम्मीत भयौँ ।’ कपडामा लगाउने आइरन समेत नचलाउने एक सामान्य घरमा एक महिनाको विद्युत महसुल १० लाख उठेपछि सबैलाई आश्चर्यचकित बनाएको छ ।

कुखुरा फर्ममा चल्ला हालेको समयमा केही महिनाघि अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५ सय रुपैयाँ तिरेको मेनुका बताउँछिन् । विद्युत् प्राधिकरणकै कर्मचारीले दोस्रोपटक पनि मिटर चेकजाँच गर्दा ठिकै रहेको बताए । भरतपुर वितरण शाखाले पनि कुखुरा पालेको ठाउँमा १० लाख उठ्नु स्वभाविक भएको बताएको मेनुकाको भनाइ छ ।

उनले भनिन ‘पक्कै पनि मिटर बिग्रीएको हुनुपर्छ, विद्युत प्राधिकरणका कर्मचारीले मिटर ठिक भएको र कुखुरा पालेको ठाउँमा १० लाखको विल उठ्नु ठिकै भएको बताएपछि त ना वमा छु ।’ मिटर चेकजाँचका लागि डिभिजन कार्यालय हेटौंडा पठाइएको प्राधिकरण भरतपुर शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार