sajalsandesh

छुवाछुतको विरोधमा उजूरी नलिने प्रहरीमाथि पनि कारवाही हुन्छ :मन्त्री कार्की

विराटनगर – प्रदेश नं–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मानवता विरोधी कार्य गर्नेलाई कानूनअनुसार कारवाही गरिने बताउनुभएको छ ।

राष्ट्रिय मानवाधिकार आयोग प्रदेश नं–१ कार्यालयद्वारा आज यहाँ आयोजित ‘सबैका लागि घर–घरमा मानवाधिकार ः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ ७१औँ अन्तर्राष्ट्रिय मानवाधिकार दिवस तथा मानवाधिकार प्रदेश महाभेला–२०७६को सन्दर्भमा ‘दलित मानवाधिकारको अवस्था र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले छु वा छु तको विरोधमा उजूरी नलिने प्रहरीमाथि पनि कारवाही हुने बताउनुभयो ।

मन्त्री कार्कीले मानवाधिकार विषयमा राज्यले तय गरेको न्यूनतम मापदण्ड पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक र सामाजिक कारणले प्रश्रय पाएको यस्तो घि न लाग्दो विषयलाई समाजबाट हटाउन सबै सजग बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख न्यायाधिवक्ता चुडामणि आचार्यले मानवसभ्यताका क ल ङ्कका रुपमा रहेको छु वा छु त हटाउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभयो । प्रहरी उपरीक्षक विश्व अधिकारीले मानव मर्यादा र प्रतिष्ठामा आँच आउने छु वा छु तलाई प्रश्रय दिनेलाई कारवाही हुनुपर्नेमा जोड दिनुभयो ।

ismt college
dish home