नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

२०७६ मंसिर २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपाली कांग्रेसको भातृ सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाँकेको कोहलपुरमा आइतबार स्कुलले बालबालिकामाथि भएको प्रहरी ज्यादतिको बिरोध गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन ।

नेविसंघले शान्ति सुरक्षामा प्रधानमन्त्री ओली चुकेको र स्कुलले बालबालिकामाथि प्रहरीले अन्धाधुन्ध लाठी र गोली चलाउँदा पनि मुकदर्शक बनेको भन्दै नेविसंघले सोमबार पुत्ला जलाएको हो ।

काठमाण्डुको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पुत्ला जलाउन जम्मा भएका नेविसंघका नेता–कार्यकर्ताले सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले स्कुलले बालबालिकामाथि लाठीचार्ज गर्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने, ट्रक चालकलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार