विश्वकै कान्छी प्रधानमन्त्री बन्दै सन्ना मारिन

२०७६ मंसिर २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – प्रधानमन्त्री बन्न क्षमता वा रुप के चहिन्छ ? भन्ने प्रश्न उठ्यो भने सबैले भन्नेछन् ‘क्षमता चहिन्छ’ । तर फिनल्याण्डकी एकजना नेतृको रुप र क्षमता दुबैकाे चर्चा चुलिएको छ । फिनल्याण्डको सत्तारुढ सोसियल डेमोक्राटिक पार्टीले आइतबार बेलुका प्रधानमन्त्रीका लागि ३४ वर्षिय सन्ना मारिनको नाम सिफारिस गरेको हाे । नाम सिफारिस भएसँगै विश्वभर उनको सुन्दरताकाे चौतर्फी चर्चा भइरहेका छन् । प्रगतिको कामना सहित उनले वाह्वाही पाइरहेकी छन् ।

फिनल्याण्डको सबैभन्दा ठूलो अखबार हेलसिनिन सनोमेट र इल्ता सनोमेट ट्याब्लोइडले मारिन विश्वकै कान्छी प्रधानमन्त्री हुने उल्लेख गरेको छ । गत अप्रिलमा भएको निर्वाचनमा यो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको हो । मारिन, पार्टीको उपाध्यक्ष र सांसद रउनी पूर्वयातायात मन्त्री समेत हुन् ।

यस अघि न्युजिल्याण्डका जासिद आरडेन ३९ वर्षमा प्रधानमन्त्री बनेका थिए भने युक्रेनेका ओलेक्सीया होनचुरुक ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए । त्यस्तै उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन पनि ३५ वर्षमा नेतृत्व तहमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार