sajalsandesh

प्रधानमन्त्री ओलीको अस्पताल बसाइपछि पहिलाे मन्त्री परिषद बैठक बस्दै

काठमाडौं – दश दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ । बेठक अपरान्ह चार बजे बस्ने गरि बोलाइएको हो।

एपेन्डिसाइटिसको शल्यक्रियापछि शुक्रबार डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओलीले बिस्तारै काममा फर्किन अग्रसरता देखाउनुभए बमोजिम बैठक डाकिएको जनाइएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक २ सातादेखि बस्न सकेको थिएन ।१४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

ismt college
dish home