sajalsandesh

पशुपतिको मूर्तिको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही

काठमाडौं – पशुपतिनाथको मूलमूर्तिको तस्वीर सार्वजनिक भएको छ। सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताएका छन्। पशुपतिको मूर्तिको तस्वीर खिच्न नपाइने व्यवस्था रहेकोले त्यस्तो कार्य गर्ने व्यक्तिलाई कारबाही गरिने उनको भनाइ छ।

पशुपतिनाथको तस्बिर खिच्न वर्जित छ तर हालै कोषको सदस्यमा नियुक्त भएका अर्जुन बास्तोलासहितको सामाजिक सञ्जालको समूहमार्फत पशुपतिको मूल मूर्तिको तस्वीर सामाजि सञ्जालमा सार्वजनिक भएको थियो। कारबाहीको हल्लापछि सामाजिक सञ्‍जालबाट फोटो हटाइएको छ। ‘एक दुई दिनमा बैठक बसेर निर्णय गरी कारबाही गरिन्छ’ सचिव ज्ञवालीले भने। कुन व्यक्तिले त्यो मूर्तिको सार्वजनिक गर्‍यो त्यसको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो। ‘जुन व्यक्तिले सार्वजनिक गरेको भए पनि कारबाही गरिन्छ,’ उनले भने। नियमविपरीत कार्य गरिनेलाई नछाडिने उनले जानकारी दिए।

ismt college
dish home