रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढ्दै

२०७६ मंसिर २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै‌ – नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।

श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।, समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ । अघिल्लो वर्षको तथ्याकंअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार