शेखर कोइरालाले कांग्रेसको नेतृत्व गर्न नसक्ने : मोहन बस्नेत

२०७६ मंसिर २०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले शेखर कोइरालाले पार्टी हाँक्न नसक्ने दाबी गरेका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ नामक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले शेखर कोइरालाले कांग्रेस पार्टीको नेतृत्व गर्नै नसक्ने ठोकुवा गरेका हुन् ।

उनले भने,‘शेखर कोइरालाको कांग्रेसमा के योगदान छ ? उहाँ त सरकारी जागिरबाट राजनीतिमा आएको मान्छे हो । शेखर कोइरालाले पार्टी चलाउन सक्दैनन् ।’

कांग्रेसको आगामी महाधिवेशनमा शेखर नेतृत्वमा उठ्ने चर्चा तथा परिचर्चा भैरहेको बेला नेता बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।

बस्नेतले विपी कोइरालापछि कांग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवानै सफल नेता भएको पनि दाबी गरे ।उनले भने,‘वर्तमान सभापति सफल सभापति हो । उहाँ चारपटक प्रधानमन्त्री बनिसक्नुभयो । हाम्रो पार्टीमा सभापति देउवासँग कसैलेपनि प्रतिष्पर्धा गर्न सक्दैन् ।’

उनले शेखर कोइरालालाई कांग्रेसका आम नेता तथा कार्यकर्ताले स्वीकार्दै नस्विकार्ने दाबी पनि गरे । उनले थपे,‘कांग्रेसमा उहाँको के योगदान छ ? उहाँ त एकपटक पनि जेल बस्नुभएको छैन । त्यसैले उहाँको कांग्रेमा कुनै भूमिका र औचित्य छैन् ।’

उनले पार्टीको महाधिवेशन अर्को फागुनभित्र हुने स्पष्ट पारे । उनले भने,‘पार्टीको महाधिवेशन २०७७ भित्र हुन्छ । आउने महाधिवेशनमा पनि वर्तमान सभापति नै सभापतिको उम्मेद्धवार बन्नुहुन्छ ।

र, पूनः सभापति बन्नुहुन्छ ।’ उनले पार्टीको केन्द्रिय कार्यसमिति बैठक यही मंसिर २६ गते बस्ने तय भएको बैठक बस्नुभन्दा अघि नै बरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमति गरिने बताए । यदि सहमति नभए पार्टीको विधि र प्रक्रियाअनुसार महत्वपूर्ण नियुक्ति तथा निर्णय गरिनेपनि उनले सुनाए ।

उनले भने,‘अब सभापतिले विधि र प्रक्रियाअनुसार पार्टीको सम्पूर्ण संरचना पूरा गर्नुहुन्छ । यसमा अब कुनै द्धिविधा छैन ।’

अब बस्ने बैठकमा हालै सम्पन्न भएको उपनिर्वाचनको बारेमा पनि समिक्षा गरिने भएकोले यो उपनिर्वाचनमा सभापति देउवाको कारण सफलता पाएको उनको टिप्पणी छ । उनले भने,‘कम्युनिष्टको गढ मानिने धरान र भक्तपुरमा हाम्रो उम्मेद्धवारी विजयी हुनुभयो । यो खुशीको कुरा हो ।’

काँस्की २ नम्बर क्षेत्रमा नेकपाकी विद्या भट्टराईले सहानुभुति भोट पाएर जितेको उनको दाबी छ । उनले भने,‘नभए, त्यो क्षेत्रमा विद्याजीले जित्ने मान्छे होईन, त्यहाँ उनीहरुको सहानुभुतिको भोट आएको छ । कम्युनिष्टहरुले सहानुभुतिको राजनीतिक गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार