sajalsandesh

मन्त्री बन्न नेकपाका सांसद मगरले चढाए मन्दिरमा ११ वटा बोकाको बलि

काठमाडौं – धर्ममाथि विश्वास गर्नेहरु आपत्त विपत तथा कुनै कार्य सफल रुपमा सम्पन्न होस् भन्दै देवी देवताको भाकल गर्ने गर्छन् । कुनै अप्ठ्यारो अवस्थामा पर्दा होस् वा आफूले लिएको लक्ष्य र गर्न थालेको कार्य सफलतापूर्वक सम्पन्न होस् भन्दै देवी देवताको दर्शन गर्नेदेखि बलि चढाउनेसम्मको भाकल गर्छन् ।

अहिले बाराको बरियारपुरमा गढिमाइको मेला लागिरहेको छ । सो मेलामा आफ्नो भाकल पूरा गर्न भन्दै लाखौं पशु र पंक्षीको बलि चढाइन्छ । तर, यही बेला एक नेकपाका सांसदले मन्त्री बन्न मन्दिरमा ११ वटा बोकाको बलि चढाएको चर्चा चलेको छ ।

डोटी जिल्लाका संघीय सांसद तथा नेकपाका नेता प्रेमबहादुर आलेमगरले मन्त्री बन्न भाकल स्वरुप ११ वटा बोकाको बलि चढाएका हुन् । मन्त्री बन्नका लागि उनले गत हप्ता डोटीको शिखर नगरपालिका २ स्थित प्रसिद्ध सालमूनि मन्दिरमा ११ वटा बोकाको बलि चढाएको भन्दै समाचार आइरहेका छन् ।

२०७० र २०७४मा भएको निर्वाचनमा हरेक बस्तीका मठमन्दिरमा पुगेर कसम खाँदै आफूले जितेमा नयाँ मन्दिर बनाउने कसमसमेत खाएका थिए । उनले हालै पुनर्गठित मन्त्रिपरिषद्मा आफू पर्यटनमन्त्री बन्न लागेको सामाजिक सञ्जालमा प्रचार गराएकोसमेत आरोप लागेको छ । तर, पुनर्गठित मन्त्रिपरिषद्मा मन्त्री बन्न नसकेपछि उनले अघिल्लो हप्ता सालमूनि मन्दिरमा ११ वटा बोका काटेर पूजा गरेका छन् ।

ismt college
dish home