प्रचण्ड निजामति कर्मचारीप्रति आक्रोशित

२०७६ मंसिर २०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कैलाली – सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निजामति कर्मचारीप्रति आक्रोशित भएका छन् । कैलालीको धनगडीमा शुक्रबार सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निजामति कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेको आरोप लगाए ।

निजामति कर्मचारीका कारण जनताका अधिकार कटौति हुन थालेको आरोप लगाएका उनले कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै भएको टिप्पणी पनि गरे ।

मुलुक संघीयतामा गएसँगै घर घरमा जनतालाई पुर्‍याउने राजनीतिक उद्देश्य हुने भए पनि कर्मचारी खटाएको ठाउँमा जान नमान्ने र जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्ने गरेको प्रचण्डले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार