फेरि घट्यो सुनको मूल्य !

२०७६ मंसिर २०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – दुई दिनदेखि लगातार सुनको मूल्य घट्न थालेको छ । बिहीबार दुई सयले घटेको सुनको मूल्य शुक्रबार तीन सयले घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ७२ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार