sajalsandesh

भारतीय सिमा अ’तिक्रमणबिरुद्ध राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा ज्ञापनपत्र बुझाइयो !

न्युयोर्क – भारतीय पक्षबाट नेपाली भूमि अ’तिक्रमणकोबिरुद्ध एनआरएनए आईसीसीका तर्फबाट राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा ज्ञापनपत्र बुझाइएको छ ।एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले संयुक्त राष्ट्रसघंका महासचिव ए’न्टोनियो गु’टिरेजको कार्यकारी का’र्यालयमा ज्ञापनपत्र बुझाएको हो ।भारतीय सरकारले प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु ग’लत तरिकाले नक्शाभित्र पा’रिएको भन्दै ज्ञापनपत्रमा यो विषयप्रति संयुक्त राष्ट्रसघंको ध्या’नाकर्षण गराइएको छ ।

साथै नेपालको सार्वभौम भूमि आफ्नै सिमाभित्र सु’रक्षित गर्नका लागि स’घाउन समेत अनुरोध गरिएको छ ।ज्ञापनपत्र बुझाउन जाने क्रममा एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामा र एनआरएनए एनसीसी अमेरिका उपाध्यक्ष बीआर लामा ।यद्यपी दुईदेशबीचको सिमा स’मस्या दुईपक्षीय कुटनीतिक संवादमार्फत स’माधान हुनुपर्नेमा एनआरएनएले जो’ड दिएको छ । एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष सोनाम लामाका तर्फबाट उक्त ज्ञापनपत्र बुझाइएको छ जसमा एनआरएनए अमेरिकाको समेत सं’लग्नता रहेको छ ।

ज्ञापनपत्र बुझाउन एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामा, एनआरएनए अमेरिकाका उपाध्यक्ष बीआर लामा, सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार, एनआरएनए आईसीसीका तर्फबाट अमेरिकाक्षेत्रका लागि पूर्व डेपुटी रिजनल कोअर्डिनेटर नविन शेरचन, एनआरएनए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु रानामगर, संचारकर्मीहरु किरण मरहठ्ठा र किशोर पन्थी राष्ट्रसंघ मुख्यालय पुगेका थिए ।सिमा समस्याबारे राष्ट्रसंघको ध्या’नाकर्षण गराउनका लागि ज्ञापन पत्र बुझाउने योजनामा सकृय एनआरएनए आईसीसी उपाध्यक्ष सोनाम लामाले विश्वभर रहेका नेपालीहरु नेपाली भूमि अ’तिक्रमणबिरुद्ध ए’कजुट हुन आ’ब्हान गर्नुभयो ।

ismt college
dish home