प्रधानमन्त्रीले मुस्कुराउँदै भने– अब म घर जाँदै छु

२०७६ मंसिर १९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

करिब १० दिनको बसाइ पछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरेका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएसँगै प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवास फर्किएका छन् ।

गत मंगलबार (मंसिर) १० गते पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन काडियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएपछि चिकित्सकहरुले उनको मंसिर १० गते नै शल्यक्रिया गरेका थिए ।

एपेन्डिक्सको शल्यक्रिया पछि प्रधानमन्त्री ओली १० दिन अस्पताल बसे ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा प्रधानमन्त्री ओलीले आफू निको भएर घर जान लागेको बताए ।

‘स्वास्थ्यमा सुधार भएर, राम्रो भएर म घर जाँदै छु,’ प्रधानमन्त्री ओलीले मुस्कुराउँदै भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार