sajalsandesh

काठमाडौंलाई दानापानी रोक्ने महतो काठमाडौंकै सम्धी

काठमाडौं – २०७२ सालमा संविधान जारी भएपछि भारतले अघोषित नाका बन्दी गर्यो । ‘काठमाडौंको दानापानी रोक्न’ भन्दै नेपाल–भारत सीमामा राजेन्द्र महतो धर्ना नै बसे ।

मधेसी दलकै अगुवाईमा नाका बन्दी भएको आमबुझाइ भयो । महतोले त्यतिबेला ६ दलसहितको मधेसी मोर्चाको नेतृत्व गर्दै सीमानाकामा धर्ना बसेका थिए । पहाडलाई दानापानी रोक्न भारतीय नाकामा महतो नै धर्ना बसेपछि चौतर्फी विरो ध समेत भयो ।

अहिले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक रहेका महतो पहाडसँग सम्बन्ध जोड्दैछन् । कुनै बेला पहाडीहरुको दुश्मन बनेका महतो अहिले पहाडीहरुका नातेदार बन्दै छन् । महतोले आफ्ना छोराको बिहे काठमाडौंका रैथाने नेवार समुदायमा गरेर नयाँ रुपधारण गर्दैछन् । महतो लामो समयदेखि काठमाडौंमा घर नै बनाएर बस्दै आएका बासिन्दा समेत हुन् ।

राघवेन्द्र महतो राजेन्द् महतोका छोरा हुन् । राघवेन्द्रले काठमाडौं डिल्लीबजार बस्ने प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग लगानगाँठो कस्दैछन् । मैथिली परम्परा अनुसार मंसिर १९ गते बिहीबार राघवेन्द्र र पलिशाबीच विवाह हुँदैछ । सामाजिक परिवर्तनको क्षेत्रमा महतोले ठूलो कदम चालेको भनेर चर्चा समेत सुरु भएको छ । मधेसवादी नेतामध्ये विद्रोही परिचय बनाएका महतोले पहाडी समुदायकी बुहार भित्र्याउन साहसिक कदम चालेका छन् ।

ismt college
dish home