sajalsandesh

फेरि प्रचण्डले बोले भारतको पक्षमा, भने, सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौँ

कैलाली – सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न हतार गर्न नहुने बताएका छन् । यसअघि पनि संसदीय समिति बैठकमा उनले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका थिए ।

तर, वार्ताका लागि नेपाल सरकारले विशेष दूतको रुपमा पठाउन लागेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न समय उपलब्ध भारतले नगराएका बेला बिहीबार कैलालीको धनगढीमा अध्यक्ष प्रचण्डले सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका हुन् ।

वार्ता र छलफलबाटै सीमा विवाद अन्त्य हुने भएकाले अन्तर्रा्ष्ट्रियकरण गर्न हतार गर्न नहुने बताएका प्रचण्डले भने, ‘हामीले पहिला राजनीतिक र कूटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ । अहिले सुरुमा नै अन्तर्राष्ट्रियकरण गर्ने भन्यो भने यो समस्या झन् जटिल हुनसक्छ ।’

नेपाल सरकारले वार्ता गर्ने प्रस्तावसहित पठाएको कूटनीतिक नोटको जवाफसमेत नपठाएको भारतले नेता नेपाललाई प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्न समय उपलब्ध गराएको छैन । यसबारे प्रचण्डले भने, ‘सरकारले एउटा पत्र भारतलाई पठाएको छ, परराष्ट्र मन्त्रालयमार्फत, सायद, त्यसको उत्तर आइसकेको छैन ।’

नेपालको भूमि समेटेर नक्सा नै सार्वजनिक गरेपछि नेपालमा भएको बहस र विरोधले नेपाललाई नै महंगो सावित हुने भारतीय पूर्वराजदूत तथा पूर्व विदेश सचिव श्याम शरणको अभिव्यक्ति भने उचित नभएको प्रचण्डको भनाइ छ ।

ismt college
dish home