झापाको सुरुङ्गामा सडक दुर्घटनामा परि दुईजना घाइते

२०७६ मंसिर १८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा- पुर्व- पश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गामा भारतिय नम्बर प्लेटको गाडिले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार दुईजना घाईते भएका छन्।

मे ११ प ६२५५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको WB 76 A 4151 नम्बरको भारतिय गाडीले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालकसहित त्यसमा सवार एक महिला घाइते भएको घटनास्थलमा रहेका प्रहरी हवल्दार गयानन्द यादवले जनाए । घाईतेको थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार