sajalsandesh

भिर मौरीको महले सांसद सिंखडाको मुटुमा समस्या, बैठकमै बेहोस भएपछि नर्भिक अस्पताल भर्ना

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा का नेता एवं प्रदेश सांसद जगत सिंखडा मंगलवार बैठकमै बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ । बैठकमै बेहोस भएर लडेपछि सांसद सिंखडालाई नर्भिक अस्पताल भनाए गरिएको हो । आज बसेको मजदूर विशेष जिल्ला कमिटीको बैठकका क्रममा सांसद बेहोस भएका हुन् । उनलाई बैठक कक्षवाटै उठाएर तत्काल थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उनको उपचारमा संलग्न बरिष्ठ मुटुरोग विशेष डा शिवजी विक्रम सिलवालले भीर मौरीको महका कारण उनको मुटुमा समस्या आएको बताए । मह खाएका कारण हार्ट ब्लक भएर सिंखडा बेहोस भएको चिकित्सकले प्रारम्भिक जानकारी दिएका छन् । अहिले सिंखडाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको रहेको डा सिलवालले जानकारी दिएका छन् ।

उनले भने,‘भीर मौरीको महले उहाँको हार्ट ब्लक भएर बेहोस हुनुभयो ।’ भिर मौरीको मह अधिक खाँदा त्यसले मुटुमा असर गर्छ । चिकित्सकका उनकाअनुसार सिम्खडाको स्वास्थ्यमा अहिले सुधार भएको आएको छ । चिकित्सकले सांसद सिंखडालाई ७२ अब्जरवेशनमा राख्ने जनाएका छन् । उनलाई ७२ घण्टा पछि अस्पतालवाट घर फर्काउन सकिने अस्पतालले जनाएको छ । सिंखडा प्रदेश तीनका सांसद हुन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मजदूर विशेष जिल्ला कमिटीका अध्यक्ष हुन् ।

ismt college
dish home