२०७६ मंसिर १७ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा सहकर्मीहरूलाई हराई नतिजा आफूतिर ल्याउन निकै नै मेहनत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाइने हुनाले कामहरू सुस्त गतिमा अगाडि बढ्नेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा समस्या आउनेछ भने जीवन साथी सँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोल्दा ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यावासायमा लागनि गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुँदा दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । अध्ययन अध्यापनमा अल्छी गर्नाले नतिजा अरुतिरनै जानेछ । राजनीति तथा सरकारी कामकाजमा ढिला सुस्तीको चपेटामा परिने योग रहेको छ । जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि हुने भए पनि काम गर्नको लागि कसैको सहयोग पाइने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यवस्थापन गर्न सहज हुने छैन ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेश सँग सम्बन्धित कामहरू रोकिन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागि भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू परा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुर्ख्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमा सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नाफा मूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा फैसला हुने समय रहेको छ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । मामा तथा मावली पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरू स्वतः समाधान हुने योग रहेको छ ।