कांग्रेसले जित्ने ठाउँमा ब’म प’ढ्काएर ष’ड्य’न्त्र गरियो : देउवा

२०७६ मंसिर १६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाली कांग्रेसले आफूले नेकपाको गढ भत्काएर विजयी हासिल गरेको बताएको छ । सानेपास्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले नेकपाको गढ भत्काएर आफ्नो पार्टीले जित निकालेको बताएका हुन् ।

कांग्रेस कहाँ छ भनेर प्रश्न गर्नेका लागि भन्दै उनले जवाफ पनि फर्काएका छन् । उनले भनेका छन्, ‘कांग्रेस कहाँ छ भन्नेहरुलाई केपी ओली घरमा छु भन्छु, प्रचण्डको गाउँमा छ भन्छु ।’

यसैबीच, सोमबार नै सानेपामा आयोजित कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा धाँ धली भएको आरोप लगाएका छन् । प्रहरी प्रशासन नि ष्पक्ष नरहेको भन्दै उनले भने, “पोखरामा कांग्रेसले जित्ने ठाउँमा ब म प ढ्काएर ष ड्यन्त्र गरियो । प्रहरीको सरूवा गरियो । प्रहरी नि ष्पक्ष नहुँदाको बा बजुद पनि भक्तपुर धरान र चितवनमा जितेका छौं ।“

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार