१३औं साग : नेपालले जित्याे ३ स्वर्णपदक

२०७६ मंसिर १६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म तीन स्वर्णपदक हात पारेकाे छ ।

साग अन्तरगत कराँतेतर्फ पुरुष एकल काँतामा मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका छन् ।

सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् ।

मन्डेले २५.७२ अंक जोडे भने नियामतुल्लाहले २४.९२ अंक मात्र जोडे । त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी जारी सागमा नेपाललाइ दाेस्राे स्वर्णपदक ट्रायथोलनकाे महिलातर्फकाे खेलमा सोनी गुरुङले दिलाइन् । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी साेनीले दोस्रो स्वर्ण पदक दिलाएकी हुन् ।

उता, तेक्वान्दोको पुम्सेतर्फ कमल श्रेष्ठले नेपाललाइर् तेस्राे स्वर्ण दिलाएका छन् । जारी सागमा तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको खेलमा श्रेष्ठ पहिलाे भएर स्वर्ण पदक हात पारेका हुन् ।

यससँगै जारी सागमा नेपालले अहिलेसम्म तीन स्वर्ण, एक रजत र एक कास्य पदक हात पारेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार