sajalsandesh

परिवर्तनको पक्षमा उभिने धरानलाई विश्वप्रकाशको बधाई

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धरानमा नेपाली कांग्रेस ऐतिहासिक जिततर्फ उन्मुख भएको प्रति टिप्पणी गर्दै जनताको मत सबैभन्दा माथि रहने बताएका छन्। धरानमा कांग्रेसले विजय उत्सवको तयारी गरिरहेका बेला आज बिहान ट्वीट गर्दै उनले परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ दिएका छन्।

उनले भनेका छन्– कसैले भने पश्चिम बंगाल हो धरान, लालझण्डा यहाँ सदैब माथि रहन्छ, बिर्सिए सबैभन्दा माथि जनताको मत रहन्छ, तिनलाई पत्तै भएन पश्चिम बंगालको राज अलिअघि स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं, आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु, विन्रम बधाई धरानलाई।

नेकपाको गढ मानिएको धरानको मेयरमा नेपाली कांग्रेसले ऐतिहासिक जित उन्मुख छ । १२ सय मत गन्न बाँकी रहँदा कांग्रेसका उम्मेदवार २६०२ मतले अगाडि छन्। उनको २५९९५ मत छ भने प्रकाशको २३३९३ मत छ।

बहुदलीय प्रजातन्त्र पुनस्र्थापना यता धरान नगरमा कांग्रेस विजयतर्फ उन्मुख भएको हो।

ismt college
dish home