sajalsandesh

अडियोको आवाज मेरो होइन,राष्ट्र ,धर्म-संस्कृती र मानवहितमा लाग्दा अनेक प्र,हार : कृष्णदासजी

काठमाडौं – पछिल्लो पटक कृष्णदासजी महाराजको एक भिडियो अन्तरवार्ता सार्वजनिक भएको छ ।

ओवी म्यागेजिनलाई दिइएको उक्त भिडियो अन्तरवार्तामा उहाँले आफुलाई नियोजितरुपमा फसाउने काम गरेको बताउनु भएको छ । उहाँले अन्तरवार्ताको क्रममा लामो समय देखि ती महिलाले निरन्तर पठाएका एसएमएसका बारेमा कानुनी उपचार खोजेको पनि जानकारी गराउनु भयो ।

चरित्रहत्या गर्ने धेयले पठाइएका उक्त एसएमएसका विषयमा हाम्रो संस्थाले एक महिना अघिनै साईबर क्राइम अन्तरगत मुद्धा चलाएको छ ।

त्यसैगरि एक टेलिभिजनमा जनतासँग सिधा कुरा कार्यक्रमले सार्वजनिक गरेको अडियोका विषयमा समेत उहाँले फरक विचार ब्यक्त गर्नु भएको छ ।

अडियोमा अनर्थदेखि बचाउ भन्दै रुदै ती महिलासँग माफी मागेको सुन्न सकिन्छ । तर उहाँले त्यो अडियोको स्वर आफ्नो नभएको बताउनु भएको छ । मैले अहिले बोलेको आवाज र त्यो अडियोमा सार्वजनिक भएको आवाज एउटै हुन सक्दैन् । कसरी सम्भव छ ? म बोलेकै छैन् । यदि आफुबाट गल्ती भएको भए सजाय भोग्न तयार छु । अदालतलाई सहयोग गर्न तयार छु ।

राष्टको लागि चरित्र र संस्कार सिकाएर सिद्धान्तमा हिड्ने व्यक्तिप्रति चर्चा, परिचर्चा र आरोप लगाइएको छ, त्यो प्रति म आर्चाश्य चकित छु । नत मैले त्यो म्यासेज हेर्ने आदानप्रदान गर्ने गरेको छु । हाम्रो अफिसमा उहाँलाई सहजै सम्र्पक गर्नको लागि धेरै माध्यमहरु राखिएको छ । त्यसमा अफिसले हेर्ने काम समितिले गर्छ । अनेकौ साधकहरु भावहरु व्यक्त गरिरहेका हुन्छन् ।

उहाँहरुका भावको भावलाई समिति मार्फत प्रवर्चनबाट समाधान गर्ने गरेको छु । ती म्यासेजमा हाम्रो कुनै आदान प्रदान भएको छैन् । त्यसरी आएको म्यासेज हाम्रो समितिले जान्ने वित्तिकै हामीलाई शंका लागेर कानुनी उपचार एक महिना अगाडि देखि नै खोजेका हौं ।

जुन अडियो अहिले संचार माध्यममा सार्वजनिक गरिएको छ त्यो विल्कुल फेक हो । कुनै प्रकारले बनाइएकाृ हो । यो स्वीकार गर्न सकिदैन । मेरो कुनै बातचित कहिल्यै पनि नै भएको छैन् ।

मेरो छुट्टै भेट भएको छैंन् । आश्रमको भक्तको मुखौटा ओडर हिडेकी र आश्रमलाई बेइज्जत गर्नको लागि हिडेकी, आश्रमका भक्तहरु जतिपनि महिला भक्त छन् यी सबै दुषित छन् भन्ने मैले सम्म आरोप लागेको सुनेको छु ।

हाम्रो पररम्परा अन्तर्गत परस्त्रीलाई चरण स्पर्स पनि गर्न मिल्दैन, भेट्न पनि दिइदैन, एकान्तमा बसेर स्त्रीसँग भेटवार्ता गर्ने हाम्रो नियममा पनि छैन् ।

मसँग रहेका पिएसो, पुलिस हवल्दार,साधुहरुको साथमा घेरिएर बसेको हुन्छु म । रात्री निवासमा पनि दुइचार जना भएर बसेका हुन्छौं । एकान्तमा स्यंम म पनि एक्लै बस्दिन् ।

म योगीको दायरामा बसेर ओपन जमातमा रहेर बस्छु । मेरो आश्रममा म एक्लै बस्नु, एकान्तमा भेटघाट गर्ने भन्ने हुँदैन् । सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेपछि सिद्धबाबा कृष्णदासजी महाराजले पहिलो पटक भिडियो मार्फत आफ्ना अभिब्यक्तीहरु सार्वजानिक गर्नु भएको हो ।

सिद्धबाबा कृष्णदासजीले आफूमाथि गम्भीर षडयन्त्र भएको भन्दै आरोप अस्वीकार गर्दै आउनु भएको छ । न्यूज अभियानसँग कुरा गर्दै उनले राष्ट्र ,धर्म संस्कृती र मानवहितका लागि चलाएको अभियानले सफलता प्राप्त गर्दै जादाँ पटक पटक चरित्र हत्या गर्ने कोसिस भइरहेको बताउनु भएको छ ।

आफूलाई ढलाउने किसिमका आरोप लगाएर मर्माहत बनाउने काम भएकोले अदालतले न्याय गर्ने विश्वास लिनु भएको छ ।

आशक्तिलाई केन्द्रमा राखेर सिद्धबाबालाई धम्क्याउने काम : महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान

पछिल्लो समय विभिन्न पत्र पत्रिका एबं अनलाइन सञ्चार माध्यममा प्रकाशित सिद्धबाबा माथि बलात्कारको आरोप शिर्षकको समाचारप्रती महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान ,सानो थिमि, भक्तपुरको ध्यानाकर्षण भएको छ । सो सामाचार तथ्यहिन भएको हुँदा सो को खण्डन गर्दछौं ।

आरोपकर्ताले विगत केहि समय देखि सामाजिक सञ्जाल मार्फत महायोगी सिद्धबाबालाई अप्राकृतिक एवं अशोभनीय थुप्रै सन्देशहरु सम्प्रेषण गरि रहेको र ती सन्देशहरुमा निहित भावलाई सिद्धबाबाबाट उपयूक्त परामर्श प्रदान हुँदा अरोपकर्ताले त्यस तर्फ ध्यान दिनुको सट्टा आफ्नो आशक्तिलाई केन्द्रमा राखेर उहाँलाई धम्क्याउने सम्मका सन्देश प्रेषित भएको देखिन्छ जारी विज्ञप्तीमा भनिएको छ ।

निज अर्थात ती महिलाको यस्ता गतिविधिलाई छानविन गरिदिन महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले २०७६ कार्तिक १६ गते नेपाल प्रहरीको महानगरीय प्रहरी अनुसन्धान महाशाखा काठमाण्डौमा निवेदन दिइसकेको छ ।

तर यस्को झण्डै १७ दिनपछि र कथित घटना भएको भनिएको ३२ दिनपछि आरोपकर्ता अमृता नाम परिर्वतनले आफू महायोगी सिद्धबाबाबाट वलात्कृत भएको भन्ने घृणित र प्रमाणहिन आरोप लगाएकोले उक्त समाचारबाट महायोगी सिद्धबाबाको व्यक्तित्व माथि हुन गएको नकरात्मक टिप्पणी प्रति खेद प्रकट गर्दै उक्त समाचार हामी खण्डन गर्दछौं,संस्थाका उपाध्यक्ष गोबिन्द वावु तिवारीद्धारा विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरि जगतगुरु माहायोगी सिद्धबाबा माथी झुठा आरोप लगाउन खोज्ने षडयन्त्रकारी गिरोहहरुकोबारेमा छिट्टै प्रदाफास गरिने अनुयायीहरुले बताएका छन् ।

ismt college
dish home