कम्युनिष्टको लालकिल्ला तोडेपछि तिलक राई भन्छनः ‘कांग्रेसको हैन, धरानवाशीको जित हो यो’

२०७६ मंसिर १६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– धरानमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राईले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई उछिन्दै आफ्नो जितलाई सुनिश्चित गरेका हुन् ।

यस अघिको चुनावमा नेकपाका उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले जित हासिल गरेसँगै नेपाली काँग्रेसले अर्काे इतिहास रच्न सफल भएको हो । यसअघिको चुनावमा नेकपा उम्मेदवारले जितेको स्थानमा काँग्रेस उम्मेदवारले चुनाव जित्नुलाई चासोका साथ हेरिएको छ । धरान उपमहानगरपालिकाको अघिल्लो पटक नेकपाले जित हासिल गरे पनि पछिल्लो समयमा नेकपाबाट आएको नैराश्यताका काँग्रेस उम्मेदवारको जित हुन पुगेको अनुमान गर्न सकिन्छ ।

तिव्र प्रतिष्पर्धाका बीचमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेका हुन् । अन्तिम समयमा आफ्नो मतान्तरण बढाउदै उनले आफ्नो जितलाई सुनिश्चित गर्न सफल भएको हो । जित हासिलसँगै नेपाली काँग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको प्रमुख बनेका छन् ।

‘धरानमा कम्युनिष्टको लालकिल्ला तोडेपछि तिलक राईले छोटो प्रतिक्रिया दिदैं भने,कांग्रेसको हैन, धरानवाशीको जित हो । मत मात्र हैन, मन जित्ने काम गरेर देखाउछु । उनले मतदाता सबैमा धन्यवाद तथा आभार प्रकठ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार