जनताको मन नदुखाउँनेगरी काम गर्छुः विद्या भट्टराई

२०७६ मंसिर १६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कातर्फबाट उमेदवार बन्नुभएका विद्या भट्टराईले जसरी आफूलाई जनताको सेवा गर्न चयन गरेर पठाउँनुभएको छ, सोही अनुसार जनताको मन नदुखाउँनेगरी काम गर्ने बताउनुभएकाे छ ।

लामो समयदेखि प्राध्यापन पेशामा संलग्न भट्टराई तत्कालिन संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि श्रीमानले देखेको सपना पुरा गर्नका लागि राजनीतिमा सक्रिय हुनुभएको थियो ।

विद्यार्थी राजनीतिमा सक्रिय भएकै बेला रविन्द्र अधिकारीसँग बैबाहिक जीवन बाधिनुभएका भट्टराई विवाहपछि प्राज्ञिक क्षेत्रमा काम गर्दै आउनुभएको थियो । आफू विद्यार्थी आन्दोलन, महिला आन्दोलन हुँदै प्राज्ञिक क्षेत्रमा लागेपनि राजनीतिबाट टाढा नभएकाले आफूले जनताको चाहनाअनुसार काम गर्न सक्ने दावी गर्नुहुन्छ । यो समाचार गोर्खापत्र दैनिकमा चन्द्रप्रकाश शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार