भारत र भूटानका प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटान अधिराज्यका प्रधानमन्त्री डा लोते छिरिङले शुभेच्छा सन्देश पठाउनुभएको छ ।

भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला–बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार