sajalsandesh

अपहरण परेको चार घण्टामा तिन अपहरणकारी खानीखोलाबाट पक्राउ

काठमाडौं – काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट कृष्ण देउला आज बिहान ७ः३० बजे अपहरणमा परे ।

अपहरणमा परेको खबर काठमाडौं प्रहरी परिसरका प्रवक्ता एबं डिएसपी होबिन्द्र बोगटीले खबर पाए । उनले चारै तर्फ खबर गरे, प्रहरी खटाए । अन्तत: अपहरणकारी प्रहरीको पन्जामा पनि परे ।

तिन जनाको समूहले उनलाई सेतो भ्यानमा लगेको प्रत्यक्षदर्शीहरुले बताएका आधारमा अपहरणमा परेका कृष्ण देउला सहित चार जना अपहरणकारी प्रहरीको फन्दामा परेका हुन् ।

अपहरण परेको चार घण्टामा अपहरणकारीलाई धादिंगको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको हो । अपहरणकारीहरुको नाम अहिले सार्वजनिक गरिएको छैन् ।

आर्थिक लेनदेनमा चितवनबाट अपहरण गर्न काठमाडौं आएको उक्त समुहले भ्यानमा राखेर चितवन लादैँ गर्दा खानी खोलाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई काठमाडौं प्रहरी परिसर टेकु ल्याउने काम भइरहेको डिएसपी होबिन्द्र बोगटीले न्यूज अभियानलाई बताए ।

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुको आर्थिक लेनदेनमा अपहरण भएको देखिन्छ । तर, यसरी अपहरण गर्नु अपराध हो उनले भने ।

ismt college
dish home