घोराही उपमहानगरपालिको १६ मा कांग्रेस विजय भएपछि सत्ताधारी तनावमा !

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

घोराही – दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी वडाध्यक्षमा विजयी भएका छन् ।

घोराही उपमहानगरपालिको १६ मा कांग्रेस विजय भएपछि सत्ताधारी नेकपाको नेता कार्यकता तनावमा परेका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार डाँगीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ मतले पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका छन् ।

वडा नम्बर १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए ।

बुढाको निधन भएपछि वडा नम्बर १६ मा उपनिर्वाचन भएको हो । यो वडा पुर्व सभामुख कृष्णबहादुर महरा र प्रदेश २ का मुख्यमन्त्री शंकर पोखरेलको पर्छ ।

वडा नम्बर १६ मा पराजित भएपछि नेकपाकी सचेतक शान्ता चौधरीसहितका नेकपाका नेता तथा कार्यकर्ताहरू एकाएक मतदान स्थलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार