गडीमाई २ मा नेकपालाई हराएर कांग्रेसको शान्दार विजय ,धरान र भक्तपुरमा काँग्रेसको अग्रता

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – कास्की २ को बडा ३३ मा ने.क.पाको अग्रता रहेको छ, भने नेपाली काँग्रेस धरान र भक्तपुरमा काँग्रेसको अग्रता रहेको छ ।

धरानको वडा नं. १८, १९ र २० को मत गणना भइरहेका छन् । नयाँ अपडेट अनुसार धरानको वडा नं. १८, १९ र २० वडाहरूमा नेपाली काँग्रेसको अग्रता कायमै रहेका छन् । त्यसैगरी भक्तपुरमा पनि काँग्रेसको अग्रता रहेका छन् ।

देशैभर सम्पन्न भएको उपनिर्वाचन मत परिणाम धमाधम आउन थालेको छ ।

गडीमाई २ मा नेकपालाई हराएर कांग्रेसको शान्दार विजय

त्यसैगरि,गडीमाई २ मा नेकपालाई हराएर कांग्रेसको शान्दार विजय भएको छ । रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठ ७ सय ७१ मत ल्याएर विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याए । समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए ।

१ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतदान भएकोमा १ हजार ५ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार