sajalsandesh

पाँचथरको हिलिहाङ ७ मा काँग्रेसले मार्यो बाजी

फिदिम – नेकपाको गढ मानिएको हिलिहाङ गाँउपालिका ७ भारपाको वडाध्यक्षमा नेपाली काँग्रेसका तिलबिक्रम इधिङ्गो बिजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गेहनाथ रीजालाई ३० मतले पराजित गरेका हुन् ।

इधिङ्गोले आठ सय ४२ मत ल्याएर बिजयी बनेका हुन् । नेकपाका रिजालले आठ सय १२ मत पाएका छन् । यहाँ जम्मा दुई हजार छ सय मतदाता मध्ये उक हजार छ सयय ९३ मत खसेको थियो ।

हिलिहाङ गाँउपालिकाका अन्य सबै वडामा नेकपाले जितेको छ । यसअघिको निर्वाचनमा यही वडामा नेकपाका तिर्थराज तिम्सिनाले जितेका थिए । तिम्सिनाको निधन भएपछि शनिबार उपनिर्वाचन भएको थियो ।

ismt college
dish home