घोराही १६ मा कांग्रेसको शानदार जित

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दाङ – घोराही उपमहानगरपालिका वडा नं.१६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका छन्। त्यस्तै गरीसंघीय समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका छन्।

वडा नं. १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जस मध्य ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार