sajalsandesh

इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे अपराजित यात्रा कायमै

एजेन्सी – इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो । लिभरपुलका लागि भिर्गिल भान डायकले दुवै गोल गरे ।

खेलको ७६ औं मिनेटमा गोलकिपर एलिसन बेकरले रातो कार्ड पाउँदा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा लेविस डुकले गोल गरेपनि ब्राइटन २–१ ले पराजित भयो ।

जितसँगै लिभरपुलले १४ खेलबाट ४० अंक जोडेको छ । पराजित ब्राइटन १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ । यसैगरी हिजो राति भएको खेलमा टोटेनहमले जीत हासिल गरेको छ । टोटेनहमले बर्नेमाउथलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डेली अलीले दुई गोल गरे । यस्तै मौसा सिसोकोले एक गोल थपे । बर्नेमाउथका ह्यारी विल्सनले दुई गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै टोटेनहम १४ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । १६ अंक जोडेको बर्नेमाउथ १२ औं स्थानमा रहेको छ ।

ismt college
dish home