हेर्नुस २०७६ साल मंसिर १५ गते आइतबारको राशिफल

२०७६ मंसिर १४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

वि.सं. २०७६ मंसिर १५,आइतबार, इ.स. २०१९ डिसेम्बर १, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, पञ्चमी, २०:१३ उप्रान्त षष्ठी, नक्षत्र– उत्तराषाढा, ११:३२ बजेउप्रान्त श्रवण, योग– वृद्धि, १५:५८ बजेउप्रान्त ध्रुव, करण– वव, ७:४३ बजेदेखि वालव, २०:१३ बजेउप्रान्त कौलव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मकर, सूर्योदय– ६:३८ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी १ पला। व्रत/पर्व- राम-जानकी विवाह पञ्चमी, जनकपुरमा विवाह पञ्चमी मेला, आबाल ब्रह्मचारी षडानन्द जयन्ती, सर्वार्थसिद्धि योग ११:३२ बजेसम्म। विश्व एड्स रोग दिवस।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आलश्य पनि दूर हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,नोकारीमा समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ, आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ, नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ, मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आजको शुभ अंक ६ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामानहरू छुट्ने/हराउने सम्भावना छ, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,विदेश यात्राको योग छ,आजको शुभ अंक ८ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, भ्रमण,समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,मित्रता गाँस्नेहरूले सताउन सक्छ,झुटा आरोप पनि लाग्नेछन्,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
संयम एवं बोलीको मधुरताले,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, गोपनीयतामा ध्यान दिनुहोला, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,समस्याहरू धेरै आउनेछन्,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,आजको शुभ अंक १ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार