राति भोक लागेमा के खाने ? ध्यान दिनुहोस् स्वास्थ्यमा असर गर्ला

रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ ।

२०७६ आश्विन ८, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – केही मानिसहरुलाई राति भोक लाग्ने गर्छ । खाना खाएर टिभी हेर्दा वा अबेरसम्म च्याटमा कुरा गर्दा वा अन्य कार णले राति भोक लाग्न सक्छ ।

यस्तो बेला खानेकुरामा ध्यान दिनु आवश्यक छ । यस्तो बेला भोक मेटाउन चकलेट वा स्न्याक्सको सहारा लिनु हुँदैन । किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ ।

त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा राम्रो हुन्छ ।

सुत्नुअघि फलफूल खाँदा आवश्यक पोषण तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको मात्रा प्राप्त गर्न सकिन्छ ।

जसले स्वास्थ्यमा सकारात्मक अ सर पार्छ । अस्वस्थकर चिनी र फ्याटयुक्त स्न्याक्सको प्रयोगले स्वास्थ्यमा हानि पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार