इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

२०७९ माघ १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वेस्ट बैंकमा इजरायली सेनाले१० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो । विस्फोटपछि  सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो ।

९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ । 

यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ ।  प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार