आर्सनलका मुख्य प्रशिक्षक इम्री बर्खास्त

२०७६ मंसिर १३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – टोलीले खराव प्रदर्शन गरेपछि इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक युनाई इम्री बर्खास्तीमा परेका छन् । बिहिबार राति युरोपा लिगमा आर्सनल आफ्नै मैदानमा जर्मन क्लब इन्ट्रयाच फ्रान्कफर्टसँग २–१ गोलले पराजित भएको थियो । प्रिमियर लिगमा समेत खराव प्रदर्शन गरिरहेको आर्सनलको तारोमा पछिल्लो समय इम्री परेका थिए ।

घरेलु मैदानमा खराव प्रदर्शन गरेपछि दर्शकले समेत इम्री आउट भन्दै उनीविरुद्ध हुटिङ गरेका थिए । त्यसैले इम्रीलाई आर्सनलले बर्खास्त गरेको हो । सन् २०१८ मा आर्सने विंगरले क्लब छाडेपछि आर्सनले ४८ बर्षीय इम्रीलाई प्रशिक्षक बनाएको थियो ।

‘हामी इम्रीलाई धन्यवाद दिन चाहन्छौं । उनले क्लबका लागि धेरै सहयोग गरेका छन् । उनको भविश्यको कामना गदैछौं,’ आर्सनलले सुक्रबार प्रेश विज्ञप्ती निकाल्दै भनेको छ । आर्सनलले अहिले सहायक प्रशिक्षक फेड्रीकोलाई मौका दिएको छ । प्रिमियर लिगमा १३ खेल सकेको आर्सनल अहिले आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार