सामाजिक बिभेदलाई चुनौति : बाहुन र विश्वकर्मा बिच झ्याई झ्याई मागी विवाह

२०७६ मंसिर १३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ईटहरी – सुनसरीको ईटहरीमा ब्राहमणकी छोरी र बिश्वकर्माका छोराबिच झयाई झयाई मागी बिवाह भएको छ । इटहरीका दुई युवा सामाजिक अभियन्ताले सो बिवाह गरेर समाजमा रहेको बिभेदलाई चुनौति दिएका हुन ।

इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लायन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह भएको हो । बिद्यमान जातीय विभेद र छुवाछुतको रहेको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन ।

तर एक ब्राह्मण समुदायकी छोरी र र दलित समुदायको छोराबीच मागी विवाह गरेर बिभेद अन्त्यका लागि नयाँ सन्देश समेत दिएका छन ।
वैवाहिक कार्यक्रममा दम्पतिलाई आशिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मीका,न्याकर्मी,महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बाक्लो उपस्थित रहेको थियो ।

समाजमा अहिले पनि जातीय छुवाछूत र अन्तरजातीय विवाहकै कारण मृत्यु हुनुपर्ने अवस्थामा आफुहरुले समाज रुपमान्तरणमा सफल र नमूना जोडीको सन्देश दिन दलित र गैरदलितबीचको मागी विवाह सुरु गरेको रेग्मीले बताइन् । हामीले जस्तै मागी विवाहको सुरुवात सबै युवापुस्ताले गरे ,समाजको विभेद केही हदसम्म हट्छ । उमेशले भने । आठ बर्षदेखि अध्ययनको शिलशिलामा उनीहरु अस्ट्रेलिया बसोबास गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार