पंजावमा नेपाली विद्यार्थीका मृत्यु

२०७६ मंसिर १३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राजविराज – भारतको पंजाब राज्यस्थित रिम्ट युनिभरसिटीले (विश्वविद्यालय) समयमा उपचार नगरेको कारण एक नेपाली विद्यार्थीको मृत्यु भएको आरोप लगाएका छन । मृत्यु पश्चात आक्रोशित विद्यार्थीहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन ।

चार महिनादेखि उच्च शिक्षा (डिप्लोमा इन्जिनियरिङ) हासिल गरिरहेका सप्तरीको महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १८ वर्षिय हेमन्त मण्डलको मृत्यु भएको हो । विश्वविद्यालयका प्रशासनको लापरबाहीका कारण पञ्जावस्थित मण्डी गोविन्दगर्हमा स्थित रिम्टमा अध्ययनरत मण्डलको मृत्यु भएको भन्दै आक्रोशित नेपाली र केही कश्मिरी विद्यार्थीहरुले विश्वविद्यालयमा तोडफोड गरेका छन् ।

सानै उमेरदेखि इन्जिनियर बन्ने सोच रहेका हेमन्त गत कात्तिक १६ गते उक्त कलेजमा भर्ना भएका थिए । बुधबार दिउँसोे अचानक पेट दुखेका उनलाई सामान्य रुपमा लिँदै युनिभरसिटी होस्टलका वार्डेन मोहन सिंहले उपचारका लागि बाहिर लैजान ढिलाई गरेको हेमन्तका साथीहरुको भनाईलाई उद्धृत गर्दै बुवा बलराम मण्डलले जानकारी दिनुभयो ।

उनका साथीले हेमन्तलाई बुधवार बिहानैदेखि अचानक पेट दुखिरहेको थियो । सो विषयमा विश्वविद्यालयका वार्डेन सिंहलाई जानकारी गराउँदै अस्पताल जानका लागि छुट्टी मागेका थिए । तर, वार्डेनले छुट्टी स्वीकृत गर्न पाँच सय रुपियाँ मागेको तथा हेमन्तले पैसा तिर्न नसक्दा अस्पतालसम्म पुग्न नसकेर मृत्यु भएको बताइएको छ ।

हेमन्तको शव मण्डी गोविन्दगर्ह अस्पतालमा राखिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले बताएका छन् । उनका बुवाले छोराको रहस्यमय मृत्यु बारे निष्पक्ष छानबिन गर्न नेपाल सरकारबाट भारतीय सरकारसमक्ष आवश्यक पहलका गरिदिन हुन सबैसँग आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार