sajalsandesh

चुनावको दुईदिन अघि पोखराका डीएसपी सरुवा

पोखरा – गत बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाको चुनावी सभालाई सम्बोधन गर्न पोखरा आए । उनीसँगै नेकपा उपाध्यक्ष वामदेव गौतम र नेता सुवासचन्द्र नेम्वाङ पनि सँगै आएका थिए । कास्की २ को उपचुनावको सन्दर्भमा नेकपाले उक्त दिन प्रदर्शनी केन्द्र नयाँबजारमा बृहत् चुनावी सभाको आयोजना गरेको थियो ।

दिनको करिब साढे १२ पछि चुनावी सभा परिसरभित्रको डोम नजिकै ठु लो आवाजका साथ ब म वि स्फोट भयो । त्यतिबेला नेकपाका नेता नेम्वाङले सभालाई सम्बोधन गर्दै थिए ।

मानवीय क्ष ति नभएता पनि त्यहाँको वि स्फो टले चुनावी सभा परिसर बाहिर रहेको बसको सिसा फुट्यो । वि स्फो टको केही बेरमा नै प्रहरीले तत्काल एकजनालाई पक्रा उ गरेको थियो । त्यसपछि चुनावी सभा सकेर प्रचण्ड र नेम्वाङ हेलिकप्टरमा धरानको चुनाव प्रचारको लागि लागे ।

चुनावी सभामा भएको वि स्फो टबाट सभा परिसर बाहिरको बसमा क्ष ति पुग्यो । पाँचजना घा इते समेत भए । घा इते हुने सबै म्याग्दीका थिए । उनीहरु अहिले उपचारपछि डिस्चार्ज भइसकेका छन् । वि स्फो ट भएको उक्त क्षेत्र बैदाम प्रहरी कार्यालय अन्तर्गत पर्दछ । त्यसको २ दिनअघि मात्रै पनि पोखरा महानगर वडा नं. ३३ का अध्यक्ष शिव आचार्यको वडा नं. १७ मा रहेको घरमा वि स्फो ट भयो । वि स्फोट बाट गाडीमा क्ष ति पुगेको छ । यो क्षेत्र पनि बैदाम प्रहरी कार्यालय अन्तर्गत नै पर्दछ । यसका इञ्चार्ज हुन् डीएसपी कोमल शाह ।

बुधबार प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा वि स्फो ट भएपछि शाहलाई भोलिपल्टै अर्थात् बिहीबारदेखि प्रदेश प्रहरी कार्यालयमा तानिएको छ । स्रोतका अनुसार उनलाई प्रदेशमा तान्नुको कारण, ‘प्रचण्डको कार्यक्रममा वि स्फो ट हुनु’ हो । उनले सुरक्षा दिन नसकेको आरो प छ ।

ismt college
dish home