‘तराईमा लालपूर्जा नेपालीसँग छ तर भोगचलन भारतीयले गरिरहेका छन्

२०७६ मंसिर १३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले चाहेमा कालापानीबाट भारतीय पक्षलाई फर्काउन सक्ने बताएकी छन्। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विज्ञहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बुधबार बोल्दै उनले यस मामिलामा सरकारले बलियोसँग खुट्टा टेक्नुपर्ने बताइन्।

सिमाना मिचिने कुरा अन्तर्राष्ट्रिय मुद्दा हुने बताउँदै उनले राष्ट्र र राष्ट्रियता सधैँ महान हुने उल्लेख गरिन्। ‘देशको सीमा मिचिँदा चित्त बुझाउन गाह्रो हुन्छ। पहिलेदेखि शासकहरूले सिमानाको ख्याल नगरेकाले यस्तो भएको हो’, उनले भनिन्, ‘नेताहरुलाई पनि छिमेकीले हेर्ला भन्‍ने परेछ। सानो मुलुकमा छिमेकी यस्तो व्यवहार भइरहँदा हामीले बलियोसँग खुट्टा टेक्न सक्नुपर्छ।’ उनले देशको महत्वपूर्ण भूगोलमा छिमेकी क’ब्जा गर्दा अवस्था जटिल हुने बताइन्।

‘छिमेकीले ह्या’कुलो ह्या’कुलो लिने गर्दा अवस्था के हुन्छ?’, उनले प्रश्न गरिन्, ‘तराईमा लालपूर्जा नेपालीसँग छ तर भोगचलन भारतीयले गरिरहेका छन्।’ कार्कीले भारतको सीमासँगका जमिनको मूल्य बढेकाले भारतीयहरुको आँखा परेको दाबी गरिन्। ‘त्यहाँको जमिन मलिलो छ। पारिपट्टीकाले नेपालमा आफ्ना नातेदारको नाममा जमिन किनेर खेती गर्दै क’ब्जा गरिरहेका छन्’, उनले थपिन्, ‘म वकिल हुँदा नै यस्ता मुद्दा हेरेकी थिएँ। हाम्रो सीमा पूर्व मेची र पश्चिम महाकाली हो। गीतमा नै यो छ।’

उनले विगतमा पनि समस्या रहेका उल्लेख गरिन्। ‘नेपालको सिमाना भारत सरकारले र भारतीयले सीमा मिचेका हुन्’, उनले भनिन्, ‘सीमामा प्रभुत्व देखाएपछि सीमा मिचिन्‍न। जग्गा कहीँकतै जाँदैन। भोग उसले गरेको हो। कसैले वर्षौं भोग गरे पनि अन्तिममा प्रमाणले मिल्छ।’ उनले यसबारेमा विज्ञहरुलाई राखेर छलफल गर्न मन्त्री अर्याललाई आग्रह गरिन्। ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा कसैले लगेको होइन’, कार्कीले थपिन्, ‘भारतले क’ब्जा गरेको हो। सरकारले चाह्‍यो भने फिर्ता लिन सक्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार